logo
२०८१ मंसिर १४ शुक्रवार



निसासिएर हुने मृत्यु, भवितव्य वा लापरवाही

खुला |


निसासिएर हुने मृत्यु, भवितव्य वा लापरवाही


मुकुन्द गैरे
काठमाडौं माघ १६ गते । नख्खीपोट विशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लव ( जिमखाना ) को साउनाभित्र एक दम्पती मृत अवस्था बुधबार राती फेला परे । प्रहरीले घटना रहस्मय भएको बन्दै जिमखानाका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
केही दिन अघि मात्रै मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा चिसोमा बच्न बालेको ग्याँस हिटर चलाएर सुत्दा आठ जना भारतीय पर्यटकको निसासिएर मृत्यु भयो । यो घटनाका बारेमा छानविन जारी छ ।
चिकित्सकले भने झयाल ढोका बन्द गरेर यस्ता विद्युतीय उपकरण प्रयोग गर्दा अक्सिजनको कमी हुन गई मानिको मृत्यु हुने बताए पनि प्रहरीले भने कतिपयले मादक पदार्थ सेवन गरी यस्ता उपकरण प्रयोग गर्ने गर्नाले यस्ता घटना बढेको बताउँछन्
घरमा ग्यास गिजरको प्रयोग गरेर नुहाउँदा वा हिटर बालेर कोठाको झ्याल ढोका थुनेर सुत्दा निसासिएर मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढीरहेको छ ।
यता चिकित्सक डा.महेन्द्र विष्ट अक्सिजनको अभावमा निसासिएर मृत्यु भएको हुन सक्ने बताउँनु हुन्छ । चिसोपानीमा नुहाउँदा उच्च रक्तचापका विरामीलाई हृदयघात हुन सक्छ तर, तातो पानीमा त्यस्तो समस्या नहुन’ पर्ने हो, उहाँले भन्नुभयो–साउनाको ढोका पूर्णरुपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसासिएर मृत्यु भएको हुन सक्छ ।
चिसोको समयमा झ¥याल ढोका बन्द गरेर हिटर लगायत बिभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसहरुले ज्यान जाने गरेको डा. दिनेश उपे्रती बताउनुहुन्छ । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको बताउँदै झ¥याल खोलेर मात्र हिटर लगायत बिधुतीय समान प्रयोग गर्न उहाँको सुझाव छ ।
सुरुमा टाउको दुख्ने र केहि समय पछि निसासिएर मानिसको मृत्यु हुने डा. उप्रेती बताउनुहुन्छ । यस्तै महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख उत्तम सुवेदी ग्यास हिटर जस्ता विधुतीय सामग्री प्रयोग गर्दा असावधानी र लापरवार्हीका कारण निसासिएर मानिसहरुको मृत्यु हुने गरेको बताउनुहुन्छ ।
पछिल्लो समय अध्याधिक मादक पदार्थ सेवन गरि सवै झ¥याल ढोका बन्द गरेर ग्यास हिटर चलाएर सुत्ने गरेको कारण पनि घटना हुने गरेको उहाँको भनाई छ । यस्ता घटनाबाट बच्न सर्वप्रथम सार्वधानी अपनाएर मात्र ग्यास, हिटर लगायत सामग्रीहरु चलाउँँन प्रहरी परिसर काठमाडौंका प्रमुख सुवेदी आग्रह गर्नुहुन्छ । पछिल्लो समय मानिसहरुको बिधुतीय सामग्रीको प्रयोगमा लापरवार्ही बढिरहेको उहाँको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?