गोरखापत्र अनलाइन
जनकपुरधाम, माघ १७ । प्रदेश नं. २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पु¥याएको छ । २०७५ माघ १ पछि जन्मेका छोरीको एक लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले उक्त रुपियाँलाई तीन लाख पुयाएको हो ।
निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीले अव ३ लाख पाउने घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्छु, सहयोग रहे २० वर्षमा २० लाख पुयाउने छौं ।”
प्रदेश सरकारको छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार छोरीको विमा प्रदेश सरकारले गरेको छ । विमा गराइसकेका छोरीले समेत यो सुविधा पाउने छन् ।
मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय रुपियाँ दिने योजना समेत सुनाउनुभयो । उहाँले यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा उक्त योजना लागू गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी गराउनु भयो । ्आजै सम्पन्न प्रदेश मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।