लोकेन्द्र जोशि
दार्चुला, माघ २३ गते । गोकुलेश्वर–मार्मा सडकखण्डको नायलमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर नायलका ५ वर्षिय महेश महरको मृत्यु भएको हो । बिहिबार बिहान ९ः३० बजे तिर बा १३ च २०४१ नम्बरको स्कारपियो जिपले ठक्कर दिदाँ महरको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने जिप र सवारी चालक प्रहरी चौकी बलाँचको नियन्त्रणमा रहेको गोकुलेश्वर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले बताउनुभयो ।