logo
२०८१ मंसिर १४ शुक्रवार



नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा

खुला |


नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा


बैतडी समाचारदाता

बैतडी, माघ २६ गते । घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ ।
बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथि रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ ।
दशरथचन्द मार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सिँढी रहेका छन् । करिब दुई किलोमिटरसम्म रहेको ढुङ्गाका सिँढी संरक्षण नहुँदा भत्केका छन् ।
साउने सङ्क्रान्तिमा यहाँ पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताउनुभयो । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्कसिंह ठगुन्ना बताउनुहुन्छ ।
पाटन नगरपालिका १ डैसीलीका स्थानीयले गणेशधुराबारे अहिलेसम्म कसैले पनि सोधखोज नगरेको बताएका छन् । पाटन नगरपालिका १ का वडा सदस्य शेरसिंह बोहराले भ्रमण वर्ष २०२० मा बैतडीका अधिकांश पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार र समाचार आए पनि गणेशधुराबारे कसैले पनि ध्यान नपु¥याएको बताउनुभयो ।
भ्रमण वर्ष २०२० मा बैतडी जिल्लामा रहेको पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारका लागि पाटन नगरपालिकाले पात्ताल भूमेश्वर गुफा र गणेशधुराको सिँढी निर्माण गर्न बजेट छुट्याएको भए पनि आर्थिक वर्षको सात महिना बितिसक्दा पनि बजेट कार्यान्वयन गर्न नगरपालिकाले कुनै पहल नचालेको स्थानीयले बत(ाएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?