केशवराज पौडेल
काठमाडौ, फागुन १ गते । हामी गुम्बामा पुग्दा त्यहाँका २३४ जना बिरामीले नाम दर्ता गराउनु भएको रहेछ । बिरामीहरु बालबालिकाको संख्या धेरै रहेछ । म सिन्धुपाल्चोककै बलेफी गाउँपालिकामा कार्यरत रहे पनि सिन्धुपाल्चोकमै कार्यरत रहेकाले गुम्बा डाँडामा पुगेको थिएँ । गाउँपालिकाको अध्यक्षसँग पुगेर बुधबार बिहानैदेखि गुम्बामा उपचारमा सम्लग्न रहेको छु ।
जुगल गाउँपालिका–३ गुम्बागाउँमा सिजिनल फ्लू रहेको मैले शंका गरेको छु । तर स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले आएर त्यहाँको रगत, खकार तथा आवश्यक टेष्ट गर्न नमूना लिएर जानु भएको छ । हिजोबाट उपचार सुरु भएपछि बिरामीको संख्यामा निरन्तर कमी भएको छ ।
केहीलाई ज्वरो आउने र बान्ता समेत भएकाले आवश्यकता अनुसार औषधि समेत वितरण भईरहेको छ । विद्यालयका शिक्षिक÷शिक्षिका बिरामीको बारेमा जानकारी लिनको गाउँगाउँमा जानुभएको छ ।
क्रमिक रुपमा बिरामीको संख्यामा कमी आएको छ । अब शनिबारसम्ममा सबैको नियन्त्रण हुन्छ होला । बिहीबार बिरामीको संख्यामा निक्कै कम भएको छ । ३०÷४० जना मात्रै जचाउन आउनु भएको छ । अब काठमाडौंबाट रिर्पाेट आएपछि मात्रै के भएको रहेछ थाहा हुनेछ ।
(गुम्बा गाउँमा उपचारमा संम्लग्न डा.पिताम्बर खनालसँगको कुराकानीमा आधारित )