तिलाचन पाण्डे
तम्घास, फागुन ११ गते । गुल्मीमा विद्युुतका कर्मचारी सवार जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । तम्घासदेखि सत्यवती गाउँपालिकाको खैरेनीमा विद्युुतको टा«न्सर्फमर जडानका लागि जाँदै गरेको लू १ च ६७०१ नम्बर को जीप गुल्मी दरबार गाउँपालिका वडा नं २ को अर्थुङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो ।
दुर्घटनामा नेपाल विद्युुत प्राधिकरण गुल्मी वितरण केन्द्रमा कार्यरत कर्मचारीहरु धुर्कोट गाउँपालिका पिपलधाराका पदम थापा , प्युठान घर भएका गोबिन्द रिजाल, रेसुंगा नगरपालिका १३ का लोकबहादुर खत्री, स्याङजा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं १ का दीलिप रेश्मी, उदयपुर जिल्लाका दोजराज राई , रेसुंगा नगरपवालिका १० सिमीचौरका भविश्वर कुँवर र स्याङजा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं १ का सेरबहादुर सोमै घाइते हुनुभएको छ ।
घाइतेमध्ये टाउकोमा चोट लागेका पदम थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । जीप सडकदेखि ५० मिटर तल खसेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको घलेले जानकारी दिनुभयो ।