logo
२०८१ मंसिर १४ शुक्रवार



कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

खुला |


कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३२ गते । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित कुमार श्रेष्ठ र प्रद्युम्न वैद्यको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद दुई लाख ९१ हजार पाँच सय रुपियाँ र १६ थान कौडासहित सात जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मानबहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका–१ बस्ने ४१ वर्षीया ताराकुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका–८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय विनोदप्रसाद यादव, सल्यान बढीमालिका नगरपालिका–८ बस्ने ३२ वर्षीय भुवन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ बस्ने २५ वर्षीय पदम नेवार रहेका छन् ।

होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?