काठमाडौँ, भदौ २ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वनमा पासो थापेर चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुर बलगाउँ घर भएका २१ वर्षीय विकास राई रहेका छन् ।
करिब तीन वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई मृत्त चित्तलसहित आवश्यक कारबाहीको लागि सभ–डिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।