logo
२०८१ मंसिर १४ शुक्रवार



नक्कली पाइलट बनेर प्रेमिका बनाउँदै गहना लुटेको अभियोगमा पक्राउ

खुला |


नक्कली पाइलट बनेर प्रेमिका बनाउँदै गहना लुटेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर


गोरखापत्र अनालइन
काठमाडौँ, भदौ ४ गते । आफूलाई पाइलट हुँ भन्दै महिलाहरूलाई प्रलाेभनमा पारेर गहना लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नक्कली पाइलट बनेर महिलाहरूलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने मकवानपुर नामटार–२ घर भएका रोहिनजङ्ग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको वेबसाइटमा उल्लेख छ ।

सुनुवारले विगत एक वर्ष अगाडिदेखि रोहिनजङ्ग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरूलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरूसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो ।

सुनुवारले महिलाहरूबाट करिब ११ तोला बराबरको सुनका गहनाहरू र दुई थान मोबाइलसमेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?