logo
२०८१ मंसिर १४ शुक्रवार



नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा

खुला |


नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा


गोरखापत्र अनलाइन

काठमाडौ, भदौ १४ गते । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
नेपाल प्रहरीको विभिन्न जिल्लाहरू, इलाका प्रहरी प्रहरी कार्यालयहरू, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डिएसपीहरूको समेत सरुवा भएकाे छ ।

महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीको महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा सरूवा भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत विनोद शर्माको एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ ।

त्यस्तै, सङ्घीय प्रहरी इकाई कार्यालय कार्यालय काभ्रेको अन्जना श्रेष्ठको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनाय नक्सालमा सरूवा भएको छ । जिल्ला प्रहरी कार्याल उदयपुरमा कार्यरत गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय नक्साल भण्डार शाखामा सरुवा भएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा देवेन्द्र पाण्डेको सरुवा भएको छ । महानगरीय अपराध महाशाखाका उद्धवसिंह भाटको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौँडामा सरूवा भएको छ ।

हेर्नुहोस सूची सहित

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?