logo
२०८१ मंसिर १४ शुक्रवार



डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

खुला |


डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २९ गते । डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई २०६६ असार २ गतेको जिल्ला अदालत कैलालीको फैसलाले छ वर्ष कैद र चार हजार १४७ रुपियाँ पैँसठ्ठी पैसा जरिवाना ठहर भई फरार रहेका थिए । जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।

गौरीगङ्गा नगरपालिका–२ स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियारसहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्यपश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएकोमा २०६१ साल माघ २७ गते कैलाली कारागारबाट भागी फरार भएका थिए ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?