logo
२०८१ मंसिर १४ शुक्रवार



कोभिड–१९ सम्बन्धि अफवाह फैलाएको अभियोगमा दुई जना पक्राउ

खुला |


कोभिड–१९ सम्बन्धि अफवाह फैलाएको अभियोगमा दुई जना पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई कास्की पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?