logo
२०७९ भाद्र १ बुधवार



घुम्ने कि जटायु रेस्टुरेन्ट

शनिवार |


घुम्ने कि जटायु रेस्टुरेन्ट


कृष्णप्रसाद भुसाल

पूर्वी नवलपरासीको मुकाम कावासोती बजारबाट करिब एक सय मिटर पूर्वमा पूर्व–पश्चिम राजमार्ग छाडेर दक्षिणतर्पm जाने चोक छ । त्यही चोकमा एउटा ठूलो होर्डिङ बोर्ड ठडिएको छ । बोर्डमा गिद्धले आहारा खाइरहेका विभिन्न तस्बिर छन् । बोर्डमुनि दक्षिणतर्पm जाने बाटोको सङ्केत गर्दै लेखिएको छ– जटायु रेस्टुरेन्ट चार किलोमिटर । राजमार्गमा हुइँकिँदा रेस्टुरेन्ट, होटल र अन्य प्रचार सामग्रीका हजारौँ होर्डिङ बोर्ड देखिने हुँदा यस बोर्डको विषय हामीले ख्याल नगरेको हुन सक्छ अथवा अन्य जस्तै कुनै रेस्टुरेन्टको बोर्ड होला भन्ने पनि लाग्न सक्छ तर होइन, यो बोर्डमा देखाइएको जटायु रेस्टुरेन्ट तपाईं हामीलाई खाना खुवाउन भनेर बनाइएको होइन । यो त विश्वकै दुर्लभ मांसाहारी चरा गिद्धलाई शुद्ध र सुरक्षित खाना खुवाउन स्थापना गरिएको हो ।

करिब १५ वर्षअघि स्थापना भएको जटायु रेस्टुरेन्टका स्थानीय योजनाकार र नेतृत्वकर्ता हुनुहुन्छ– पर्यटनकर्मी धनबहादुर (डीबी) चौधरी । कावासोती, पिठौलीका बासिन्दा डीबी सिनोमा लुछाचँुडी गरिरहेका वा नारायणी नदी किनारमा घाम तापिरहेका सयौँ गिद्ध लखेट्दै हुर्किनुभयो । उमेर बढेसँगै चरा र वन्यजन्तु संरक्षणमा रुचि, लगाव र दक्षता बढ्दै गयो । गिद्धको सङ्ख्यामा भने कमी आउँदै गएको महसुस पनि उहाँले गर्नुभयो । उहाँको सम्पर्क, नेपाल पन्छी संरक्षण सङ्घका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ पन्छीविद् हेमसागर बरालसँग भयो ।

आजभन्दा करिब २०–२२ वर्षअघिका ती क्षण सम्झँदै डीबीले भन्नुभयो, “एसियामा सबैभन्दा तीव्र गतिमा घटेर गिद्ध लोप हुने अवस्थामा पुगेकोप्रति नेपाल सरकार र पन्छीविद्हरू चिन्तित थिए । गिद्ध घटेका प्रसस्त प्रमाण भए पनि यसका कारण पत्ता लागिसकेको थिएन ।” हेमसागर बरालको सल्लाह र सुझावमा उहाँले स्थानीय युवालाई सहभागी गराई आफ्नो ठाउँमा गिद्ध र तिनका गुँडको अनुगमन गर्न‘का साथै संरक्षण र सचेतना पैmलाउने स्वयंसेवी अभियानको थालनी गर्नुभयो । यो काम अहिलेजस्तो सजिलो र स्वीकार्य थिएन किनकि फोहोर र सडेगलेको सिनो खाने गिद्धलाई आममानिस फोहोरी र अपसकुन चराका रूपमा हेर्थे । कतिसम्म भने गिद्धले घर नाघेर उड्यो भने वा छोयो भने पनि मानिसहरू पूजापाठ गरी स्वस्ति शान्ति गर्थे । अठार÷बीस वर्षका दुई कलिला युवा ईश्वरी चौधरी र यम नेपाली उहाँका दरिला सारथि बन्नुभयो । आज उहाँहरू पनि गिद्ध संरक्षणमा अहोरात्र खटिरहनुभएको छ ।

केवल मरेका जनावरको मासु अर्थात् सिनो र मासुजन्य फोहोर पदार्थ खाई हाम्रो वातावरणमा प्रदूषण, दुर्गन्ध हटाउन महìवपूर्ण भूमिका निर्वाह गर्ने तथा प्रकृतिका कुचिकार गिद्ध आफँै भने हराउँदै गएको दर्दनाक अवस्था थियो । कुशलतापूर्वक छोटो समयमै सिनोको दोहन गरी भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको वृद्धिलाई रोकी मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखालाजस्ता घातक सरुवा रोगहरू र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोगजस्ता रोगको महामारीबाट बचाउन गिद्धलाई अब हामीले संरक्षण गर्न‘पर्छ भन्ने भावनाबाट उहाँ प्रेरित हुनुभयो । त्यो सचेतना आमसमुदायमा बाँड्न थाल्नुभयो ।

गिद्धको सङ्ख्या अप्राकृतिक र नाटकीय रूपमा घट्नुको प्रमुख कारण घरपालुवा पशुको उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ थियो । सुन्निएको र दुःखेको निको पार्न व्यापक रूपमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ले उपचार गरिएका जनावर मरेपछि तिनको सिनो खाने गिद्ध पनि भकाभक मरे । गिद्धले समूहमा खाने भएकाले ‘डाइक्लोफेनेक’ प्रभावित एउटै सिनोबाट मात्र पनि सयौँको सङ्ख्यामा मर्ने रहेछन् ।
नेपाल सरकारले गिद्ध जोगाउन वि.सं. २०६३ मा ‘डाइक्लोफेनेक’को पशु उपचारमा प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगायो । प्रतिबन्ध लगाउनेबित्तिकै बजारबाट ‘डाइक्लोफेनेक’ हराएर जाने त भएन किनकि २०६३ सालमा उत्पादित ‘डाइक्लोफेनेक’को त दुई वर्ष उपभोग अवधि नै थियो । ‘डाइक्लोफेनेक’ र अन्य विषादीमुक्त उचित आहाराको व्यवस्था गर्न सके लोपोन्मुख गिद्धको जीवन रक्षण गर्न सकिन्थ्यो कि भन्नेमा हेमसागर बराल, डीबी चौधरीहरू समुदाय, सरकार र विज्ञहरूसँग छलफल र परामर्शमा जुटिरहनुभयो ।

यसैको प्रतिफल वि.सं. २०६३ मा विश्वमै पहिलो समुदायद्वारा सञ्चालित नमुना जटायु रेस्टुरेन्टको स्थापना भयो । आम समुदायमा सकारात्मक प्रभाव प्रवाह गर्ने ध्येयले यसको नाम गिद्ध रेस्टुरेन्ट नराखी गिद्धको संस्कृत नाम जटायुबाट राखियो । हुन त युरोपका केही देशमा गिद्ध रेस्टुरेन्ट थिए तर ती फरक उद्देश्यले कुनै संस्था वा परियोजनाबाट व्यवस्थापन गरिएका थिए । समुदायको अपनत्व र नेतृत्वमा सञ्चालित यो रेस्टुरेन्टको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादी (डाइक्लोफेनेक)रहित आहारा उपलब्ध गराई संरक्षण गर्नु थियो र आज पनि त्यही छ । यसको दिगो व्यवस्थापन, प्रभावकारिता र उपलब्धिका बारेमा सुरुका दिनमा त दाताहरूबाट समेत थुप्रै पटक संशय व्यक्त भइरहे, कतिपय स्थानीयहरू यसको विपक्षमा लागिरहे तर पनि यसको निरन्तरतामा डीबी सतिसाल भएर उभिनुभयो ।
अन्ततः जटायु रेस्टुरेन्ट गिद्ध संरक्षणमा ‘ब्रान्ड’ बन्यो । पछि यस प्रकारका जटायु रेस्टुरेन्ट गिद्धका वासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालको रुपन्देहीस्थित गैँडहवा ताल, दाङको लालमटिया तथा बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र पूर्वमा सुनसरीको रामधुनीमा पनि विस्तार भए । नेपालमा मात्र होइन, यस प्रकारका समुदायमा आधारित गिद्धको संरक्षणमा खोलिएका रेस्टुरेन्ट भारत, पाकिस्तान, बङ्गलादेश र अफ्रिकामा समेत सञ्चालनमा ल्याइएको छ । जटायु रेस्टुरेन्ट सञ्चालनपछि कावासोती आसपासका क्षेत्रमा गिद्धको गुँड सङ्ख्या चार गुणासम्म र गिद्धको सङ्ख्या तीन गुणासम्म बढ्यो । नब्बे प्रतिशतभन्दा बढीले घटेका गिद्धको संरक्षणमा यो अभियान कोसेढुङ्गा सावित भएको छ ।

यस अभियानको कदरस्वरूप डीबी चौधरीले विश्व वन्यजन्तु कोष, नेपालबाट अब्राहम संरक्षण पुरस्कार, बर्डलाइफ इन्टरनेसनलको नेचर हिरोज अवार्डलगायत दर्जनभन्दा बढी सम्मान÷पुरस्कार प्राप्त गर्नुभएको छ । जसले उहाँको यस स्वयंसेवी यात्रालाई थप प्रोत्साहन गरिरहेको छ ।
जटायु रेस्टुरेन्ट पशुहरूको वृद्धाश्रम पनि हो । यहाँ किसानबाट वृद्ध, अशक्त र बेकामी पशुहरू सङ्कलन गरी पालनपोषण गरिन्छ । ती पशुहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा लगी गिद्धको आहाराका लागि राखिन्छ । गिद्धहरू ग्राहकका रूपमा आई सिनो खान्छन् । गिद्धले खाने ठाउँनजिकै लुकेर गिद्धको आनिबानी हेर्न, फोटो÷भिडियो खिच्न अवलोकन घर पनि बनाइएको छ । यहाँबाट आगन्तुकले अतिसङ्कटापन्न गिद्धका विभिन्न प्रजाति, तिनको अन्तरक्रियात्मक सम्बन्ध र क्रियाकलाप नजिकबाट अध्ययन अवलोकन गर्न सक्छन् । जटायु रेस्टुरेन्टले एकातिर वृद्ध र छाडा चैपायाहरूको रेखदेख गरी पशु कल्याणकारी काम गरेका छन् भने अर्कातिर लोपोन्मुख गिद्ध बचाउने काम पनि गरेका छन् । औसतमा एउटा सिनो व्यवस्थापन (गाड्न)का लागि करिब एक हजार रुपियाँ खर्च लाग्छ तर जटायु रेस्टुरेन्टले किसानको उक्त खर्च बचाइदिएको छ भने तीन सय रुपियाँ पशु ल्याएबापत सम्बन्धित किसानलाई उपलब्ध गराउँछ । वर्षमा एउटा जटायु रेस्टुरेन्टले मात्र पनि करिब दुई लाख रुपियाँ बराबरको खर्च किसानको बचत गरिदिएको छ । जटायु रेस्टुरेन्टले वातावरण स्वच्छ राख्नुका साथै त्यस क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन र स्थानीयवासीको जीविकोपार्जनमा समेत टेवा पु¥याएको छ । यति मात्र होइन, यी क्षेत्र विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि खुला विश्वविद्यालय नै भएको छ ।

नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये सबभन्दा अधिक सङ्कटमा नौ प्रजातिका चरा पर्छन् । यीमध्ये दुई प्रजाति त नेपालबाट लोप भइसकेका छन् । हाल जीवित रहेका अतिसङ्कटापन्न सात प्रजातिमध्ये चार प्रजाति त गिद्ध मात्रै पर्छन् । यी दुर्लभ गिद्ध यिनै जटायु रेस्टुरेन्टमा देख्न सकिन्छ । जसलाई हेर्न र फोटो खिच्न संसारका धेरै मानिस लालायित हुन्छन् । करिब डेढ दशकको गिद्ध अनुसन्धान र संरक्षणको यात्रामा सकेसम्म हरेक महिना नभए दुई महिनामा एक पटक यस पङ्क्तिकार पनि जटायु रेस्टुरेन्टमा गिद्धसँग साक्षात्कार हुन पुगेकै हुन्थे । अहिलेको यस विषम परिस्थितिले यो क्रमभङ्गता आएको छ । सूचना केन्द्रमा रहेका श्रव्य, दृश्य सामग्री र सङ्ग्रहबाट थप सूचना प्राप्त गर्नुका साथै घर बास (होम स्टे)मा स्थानीय समुदाय सँगसँगै बस्न पनि पाइन्छ । यहा दुर्लभ गिद्ध, अन्य वन्यजन्तु, प्रकृति मात्र होइन, समाज पनि पढ्न र जान्न पाइन्छ । फोहोरी र अपसगुन मानिने गिद्धलाई किन र कसरी समुदायले दशकाँैदेखि जोगाइरहेका छन् भन्ने बुझ्न सकिन्छ । हाल आएर यी रेस्टुरेन्टको भूमिका बहुआयामिक बन्दै गएको छ । पर्यापर्यटन प्रवद्र्धनमा आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएका जटायु रेस्टुरेन्टले सामुदायिक विकास, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै अन्य जैविक विविधताको संरक्षण र सही उपयोगमा महìवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

दुर्लभ प्रजातिको संरक्षणसँगै वातावरणीय स्वच्छता, पर्यावरण सन्तुलन र सनातन खाद्य शृङ्खला गतिशीलताका लागि अमूल्य योगदान पु¥याइरहेका जटायु रेस्टुरेन्ट आपँैmमा भने समस्यामुक्त छैनन् । मूलतः नियमित र दिगो आयस्रोतको अभावमा यी जटायु रेस्टुरेन्टहरू धरमराएका छन् । राज्यले पनि यसको महìवलाई सही पहिचान गर्न सकेको देखिँदैन । स्थानीय सरकारको प्राथमिकतामा पनि यस प्रकारका समुदाय संरक्षण अभियान परेका छैनन् । हामी खाली बाघ, गैँडाजस्ता ठूला र आकर्षक जनावरको संरक्षण र तिनको सङ्ख्या बढेको मात्र चर्चा गर्छौं तर विश्वमा सबभन्दा तीव्र दरमा घटिरहेका गिद्धको सङ्ख्या नेपालमा मात्र बढ्दो अवस्थामा रहेको संरक्षण सफलतालाई त्यति महìव दिइरहेका छैनौँ । गिद्धजस्ता दुर्लभ अतिसङ्कटापन्न प्रजातिको अवलोकन, अध्ययनका साथै संरक्षणमा समुदायस्तरबाट भइरहेका नवीनतम प्रयास र प्रभावलाई प्रेरणा दिन र संरक्षणमा ऐक्यबद्धता जनाउन हामी पनि एक पटक यी रेस्टुरेन्टमा घुम्ने कि !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?