logo
२०८१ मंसिर ८ शनिवार



कुमार पौडेलको परिवारसँग नेता विप्लवको भेट

खुला |
प्रदेश |


कुमार पौडेलको परिवारसँग नेता विप्लवको भेट


जनार्जन खत्री
सर्लाही, मङ्सिर १६ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अढाई वर्षअघि प्रहरी कारवाहीमा मारिनुभएका पार्टीका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारसँग बिहीबार भेट गर्नुभएको छ ।

विप्लवले बिहीबार बिहान स्वर्गीय पौडेलको घर बागमती नगरपालिका– २, धरहरामा पुगेर परिवारसँग भेट गर्नुभएको हो । भेटमा महासचिव विप्लवले कुमार पौडेलसहित शहीदहरुको सपना शाकार पार्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अहिलेसम्मका परिवर्तनमा शहिद र उनीहरुका परिवारको योगदान अतुलनीय रहेको उल्लेख गर्दै क्रान्तिलाई अन्तिम विजयसम्म पु¥याएरै छाड्ने बताउनुभयो । विप्लवसँगको भेटमा स्वार्गीय कुमार पौडेलको परिवारका सदस्यहरुले अहिलेसम्म कहीँकतैबाट न्याय नपाएको गुनासो गर्नुभयो ।

पौडेल परिवारसँग भेट गर्न महासचिव विप्लवसँगै पार्टीका नेताहरु बागमतीस्थित धरहरा पुग्नुभएको थियो । पौडेलको २०७६ साल असार ५ गते सर्लाहीकै लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी जङ्गलदेखि उत्तरतर्फ प्रहरीको कारवाहीमा मृत्युभएको थियो ।

प्रहरीले पौडेलको दोहोरो भीडन्तमा मृत्यु भएको दाबी गर्दै आइरहेको छ । तर मृतकका परिवारले भने उहाँलाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको बताउँदैआएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको अनुगमनले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको ठहर गर्र्दै सो घटनामा संलग्नलाई कारवाही गर्न सिफारिस गरेको थियो ।

आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी, निर्देशन दिने प्रहरी अधिकारी र तत्कालिन सरकारका गृहमन्त्रीविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म कारवाही प्रक्रिया अघि बढ्न सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?