logo
२०८० चैत्र १५ बिहीवार

  हिउँदको हिउँ किसानका लागि बरदान  



डाँडामा घाँस उम्रन्छ बारीमा अन्न, हिउँ परोस् भनेर पूजा गर्छन्

पढ्नै पर्ने |
खुला |


डाँडामा घाँस उम्रन्छ बारीमा अन्न, हिउँ परोस् भनेर पूजा गर्छन्


काठमाडौं, पुस १५ गते । मंगलबार देशैभरका उच्चपहाडी र हिमाली क्षेत्रमा तीन फिटसम्म बाक्लो हिउँ परेको छ । दुई वर्षयता बुधबार एक हजार सात सय मिटरसम्म हिउँ परेपछि किसानहरु हर्षित हुँदै खुसी साट्न व्यस्त छन् ।

हिउँ परेपछि पहाडी र हिमाली क्षेत्रमा अन्नवाली र घाँस उत्पादनमा बृद्धि हुने भएपछि किसानहरुले पूजा गरेर खुसीयाली मनाउँछन्। यस अघि हिउँ नपरेको भन्दै सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ लगायत हिमाली जिल्लाका स्थानीयबासीले दुई साता अघि प्रकृतिसँग क्षमा पूजा अर्थात ल्हुल्साङ पूजा गरेको सोलुखुम्बुका स्थानीयबासी नुरुछेपाल शेर्पा बताउनुभयो । लामो समय पानी नपर्दा कुलदेवता र देवीपूजा गर्ने प्रचलन रहेको उहाँको भनाई छ । पूजा गरेसँगै तल्लो क्षेत्रसम्म बाक्लो हिउँ परेपछि स्थानीय किसान अन्नबाली सप्रने भन्दै एक आपासमा खुसीयाली मनाउन शुरु गरेको उहाँले भनाई छ ।

हिउँ परेपछि त्यस क्षेत्रमा लगाइएका अन्न उत्पादनमा बृद्धि हुनुका साथै घाँस उत्पादनमा पनि बृद्धि हुने भएपछि चौरी, याक, नक र भेडा चरणलाई सहज हुँदा पशुपालन व्यवसाय फष्टाउने शेर्पाले बताउनुभयो । उच्च क्षेत्रमा कम पानी पर्ने र परेको पानी तत्काल बगेर जाने भएकाले सिचाई राम्रो नहुने किसानहरुको तर्क छ ।

हिउँ परेपछि महिनाैं समय लगाएर विस्तारै पग्लने भएकाले गहिराइसम्म सिचाई हुदाँ माटोमा उर्वराशक्ति बृद्धि हुदाँ अन्नवाली उत्पादन बृद्धि हुने संखुवासभा टँुटेदेउरालीका स्थानीय किसान छिरिङ लामाले बताउनुभयो । हिउँपरेपछि फुस्रा डाँडाहरुमा घाँस उम्रिने गर्छ र चौपायहरुलाई सहज हुने गर्छ त्यसैले पनि किसान मंगलबारदेखि हिउँ परेपछि खुसी भएको उहाँको भनाई छ । खास गरी आलु, कोदो, मकै , गहुँ र उवा खेतिका लागि हिउँ पर्दा सहज भएको छ ।

हिमाली क्षेत्रका बासिन्दा हिउँदमा हिउँ परोस भनेर चौरी गोठ औलतर्फ सार्दे गुन्सा पूजा गर्ने गर्दछ । हिउँद समयमा प्रत्येक वर्ष हिमाल देवताको रुपमा पूजा गर्ने गर्दछ । आमायाङरी, छ्योमोलोङ (सगरमाथा) हिमाललाई प्रत्येक वर्ष हिमाली क्षेत्रका बासिन्दा पुजा गर्ने प्रचलन छ । हिउँ परेन भने प्रकृतिसँग अनुरोध गरेर पूजा गर्ने र ध्वाजा पतका टाँग्दै हिउँ परोस भनेर कामना गर्ने प्रचलन छ । यस वर्ष तल्लो क्षेत्रसम्म बाक्लो हिउँ परेपछि किसानहरुको यो अपेक्षा पूरा भएको छ । बर्षा समयमा किसानहरुले हिउँ पग्लिए पछि भव्य रुपमा यारज्याङ पूजा गरेर लेक तर्फ गोठ लाने र बाली लगाउने गर्दछन् ।

हिउँ पर्नुको बैज्ञानिक आधार
पश्चिम बंगालको खाडी, अरव सागर र स्थानीय जलवाष्प सहित बायु नेपाल प्रवेश गरेपछि लामो समयसम्म रहदाँ न्युनतम् तापक्रममा बृद्धि भई हिउँ पर्ने गर्दछ । लामो समयसम्म चिसो कायमै रहनु र यी जलवाष्प सहितको बायु निरन्तर नेपाल प्रवेश गर्दा तल्लो क्षेत्रसम्म हिउँ पर्ने गरेको मौसम पुर्वनुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

अन्य समयमा कम चिसो हुदाँ माथिल्लो क्षेत्रमा मात्र हिउँ पर्ने र तल्लो क्षेत्रमा पानी पर्ने गरेको थियो यस वर्ष दुई दिनसम्म निरन्तर अरवी वायु नेपाल प्रवेश गर्दा निर्माण भएको प्रणालीले एक हजार सात सय मिटरसम्म हिउँ परेको उहाँले बताउनुभयो । विहीबार देखि यो प्रणालीमा सुधार भएकाले तत्काल हिउँ पर्ने सम्भावना नभएको समेत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो यस वर्षको चौथो पटकको हिमपात भएको हो, प्रत्येक वर्ष आठ पटक भन्दा बढी हिमपात हुने गर्दछ तर जलवाष्प सहितको वायु धेरै समय नेपालमा रहदाँ मात्र कम उचाईसम्म हिउँ पर्ने पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?