logo
२०८० चैत्र १५ बिहीवार



११ हजार बढीले लगाए कोभिड विरुद्धको बुस्टर डोज

स्वास्थ्य |


११ हजार बढीले लगाए कोभिड विरुद्धको बुस्टर डोज
सिंहदरबारमा बुधबार कोरोनाविरुद्धको बुस्टर डोज लगाउँदै नेपाली सेनाका स्वास्थ्यकर्मी । तस्बिर रत्न श्रेष्ठ/रासस


काठमाडौं, माघ ५ गते । नेपालमा ११ हजार २४७ जनाले कोभिड विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २४७ जनाले बुस्टर डोज लगाएका हुन् । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हो।

बुस्टर डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई लगाइरहेको छ । सरकाले खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ८५ लाख १० हजार ११६ मात्रा खोप लगाएको छ।

जसमा एक करोड ६० लाख लाख बढीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यस्तै १ करोड २४ लाख बढीले दुबै डोज खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ५२.८ प्रतिशतले एकमात्रा र ४१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै १८ वर्ष माथिका लक्षित समूहको ८०.५ प्रतिशतले एक मात्रा र ६२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

नेपालले अहिलेसम्म अनुदान र खरिद गरेर विभिन्न देशबाट ४ करोड तीन लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?