logo
२०८१ मंसिर १४ शुक्रवार



करेन्ट लागेर वृद्धको मृत्यु

खुला |


करेन्ट लागेर वृद्धको मृत्यु
फाइल फाेटाे


अमरराज नहर्की
तनहुँ, माघ १० गते । तनहुँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ अजम्बरी सल्लाघारी जङगलमा स्थानीय अन्दाजी ७२ वर्षको दलबहादुर रानाको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाउरा खोज्न जाने क्रममा बिजुलीको लाइनमा छुन गई करेन्ट लागी रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?