logo
२०८१ मंसिर १४ शुक्रवार



व्यास नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द

खुला |


व्यास नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द


अमरराज नहकी
तनहुँ, माघ ११ गते । तनहुँको व्यास नगरपालिकाले कोरोनाको सङ्क्रमण फैलिएपछि मंगलबारबाट चार दिनको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ ।

नगरप्रमुख र उप–प्रमुखको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको र कार्यालयका अन्य कर्मचारीसमेत सङ्क्रमित भएकाले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको अत्यावश्यक सेवाबाहेक सबै सेवा माघ ११ देखि १४ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमणबाट सुरक्षित रहेका कर्मचारीहरुमध्येबाट आलोपालो प्रणालीमार्फत अत्यावश्यक सेवा प्रवाह मात्रै प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सुरक्षित रहन सम्पूर्ण नगरवासीमा नगरपालिकाले अनुरोध गरेको छ । यसअघि तनहुँको आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका सङ्क्रमण फैलिएपछि सेवा बन्द गरिएको थियो । हालै दुवै कार्यालय सञ्चालनमा आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?