logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि


नयाँदिल्ली, माघ १३ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ छ ।

कुल सङ्क्रमितमध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?