जनवरी १५ पछि चीनबाट फर्किएका नेपालीलाई भारत प्रवेशमा रोक
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
आफ्ना ज्वाईसँग भारतको चेन्नाई जान लाग्नु भएको काठमाडौंका सुर्दशन पराजुलीलाई बोर्डिङ पास लिने समयमा सम्बन्धित एयरलाईन्सले रोक्यो ।
एक सातासम्म उहाँसँगै उहाँका ज्वाई र छोरी भारतको पर्यटकीय शहर चेन्नाइमा जाने योजना बनाउँदै हुनुुहुन्थ्यो । उहाँका ज्वाई चीनबाट जनबरी १७ मा नेपाल फर्कनु भएको थियो । शनिवारबाटै भारत सरकारले जनवरी १५ भन्दा पछि चीनबाट नेपाल फर्किएकाहरुलाई कोरोना भाइरसको डरले भारतले प्रवेशमा रोक लगाएको...