खानेपानीका लागि भेरी नदीकै भर
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
यहाँको भेरी नगरपालिका–१३, कुदुकी हीरा गिरी पैदल हिँडेर नजिकैको भेरी नदी किनारमा पुग्नुहुन्छ । नदी सङ्लो भए खुसी हुने र धमिलो भए मन खिन्न हुने उहाँको दैनिकी छ । नदीको पानी धमिलो भए पनि गाग्री नभरेर उहाँलाई धरै छैन ।
डोल्पाको दुनै हुँदै ठूलीभेरी बग्छ भने रुकुम मुसिकोट हुँदै सानीभेरी बग्छ । जाजरकोटको रिम्नामा दुवै नदी मिसिएर बनेको भेरी नदी किनारमा सयौँ बस्ती छन् । कतिपय ठाउँमा सीधै नदीमा शौचालयको ढल र अन्य ढल मिसाइएको...