कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै
सरोज ढुङ्गेल
फाल्गुन १७, २०७६ शनिबार
विश्वमै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।