नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा
गोरखापत्र अनलाइन ,
माघ २६, २०७६ आईतवार
घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ ।