हाँसोमा कोरिया जाने नेपाली गलामा किन हुन्छ, पासो ?
गोरखापत्र अनलाइन ,
माघ २४, २०७६ शुक्रबार
इपिएस प्रणालीबाट रोजगारीको लागि दक्षिण कोरिया गएका नेपाली कामदारले अत्याधिक मात्रामा आत्महत्या गरेर ज्यान गुमाउँदै गएको पाईएको छ ।
वैदेशिक रोजगार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदनमा कालगति, सडक, कार्यस्थल दुर्घटना भन्दा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या धेरै बढेको एक तथ्याङ्कले देखाएको हो ।