ललितपुरमा घर नम्बर राख्ने काम अघि बढ्यो
रासस
माघ २२, २०७६ बुधबार
ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गर्नुभयो ।