बेलहिया–बुटवल सडक बन्दै, कतिपय ठाउँमा भासिंदै
गोरखापत्र अनलाइन ,
माघ २१, २०७६ मंगलवार
बेलहियादेखि बुटवलसम्म छ लेन सडक निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । एकातर्फ सडक बन्दै छ भने अर्कातर्फ कतिपय ठाउँमा भासिंदै गएको छ । २४ किलोमिटर सडकखण्डमध्ये अब बेलहियादेखि बाईपाससम्म सात किलोमिटर सडक मात्र निर्माण हुन बाँकी छ भने भैरहवा क्षेत्रमा २.८ किलोमिटरमा सर्भिस लेन बन्न बाँकी छ ।