सात वटा सरकारी गाडीमा तोडफोड, ६ जना पक्राउ
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा सात वटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पु¥याएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार भएको राष्ट्रिय सभा चुनाव बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले सो सरकारी गाडीहरु तोडफोड गरेर क्षति पु¥याएका हुन् ।