बरदान बन्यो 'स्नोलक भेइकल', हुम्लामा हिउँ पर्दा पनि सहजै उडान
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जिल्लालाई देशका अन्य भागसँग जोड्ने एउटै मात्र माध्यम हावाई जहाज हो । त्यो पनि हिउँदमा पटक पटक पर्ने हिउँले विमानस्थल बन्द हुने गथ्र्यो ।
विगतमा हिउँ परेपछि सेना प्रहरी कर्मचारी र स्थानीय बेल्चाको सहायताले हिउँ फाल्थे । यसो गर्दा धेरै दिनसम्म उडान अवरुद्ध हुन्थ्यो । तर अहिले बिमानस्थले हिउँ फाल्नका लागि स्नोलक भेइकल ल्याएर सञ्चालनमा ल्याउँद हिउँ...