जिप्रका चौताराका सेवा बन्द
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
जिल्ला प्रशासन कार्यालय चौताराका चार जना कर्मचारी कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण भएपछि आउँदो आइतबारसम्म सेवा बन्द गरिएको छ ।
नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीले हस्तक्षर गर्नुपर्ने पेन्सन पटा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गर्नुपर्ने पर्चा, आदेश, सिफारिसका सेवाहरु बन्द गरिएको प्रशासकिय अधिकृत नारायण लघुले जानकारी दिनुभएको छ ।