कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय बन्द
गोरखापत्र अनलाइन
माघ १०, २०७८ सोमबार
जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएपछि सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सोमवार अपरान्ह एक सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनुभएको छ ।