चामल ढुवानी कार्यलाई तीव्रता दिन हुम्लावासीको माग
गोरखापत्र अनलाइन
माघ ३, २०७८ सोमबार
हुम्लावासीको तर्फबाट जनप्रतिनिधि, राजनीति दल र स्थानीय प्रशासनद्वारा हवाई तथा पैदल मार्गको खाद्यन्न ढुवानी कार्यलाई तीव्रता दिन माग गरिएको छ । पैदल मार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य सुस्त गति हुँदा जनतालाई बिक्री वितरणमा समस्या देखिएपछि लिमिटेडको प्रधान कार्यालय र कर्णाली प्रदेश सरकारसँग माग गरिएको हो ।