बाघ खोज्न तीन हात्ती परिचालन, दैनिक ४२ हजार खर्च
गोरखापत्र अनलाइन
माघ २, २०७८ आइतवार
पूर्वी नवलपरासीमा आतङ्क मच्चाएको नरभक्षी बाघको विगत छ दिनदेखि खोजी सुरु गरिएको भए पनि पत्तो लाग्न सकेको छैन । गत पौष २७ गतेबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनबाट चितवन राष्ट्रिय निकुञ्जको तीन वटा हात्ती र नौ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिए पनि बाघको अवस्था बारे यकिन भन्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताउनुुभयो ।