logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा २४ घण्टामा ६ हजार २६३ संक्रमित थपिए

स्वास्थ्य |




काठमाडौं, माघ ५ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उपत्यकामा बुधबार २४ घण्टामा ६ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा चार हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरेर २४ घण्टामा उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नोट : मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रस्तुत संख्या फरक परेकाले याे समाचार सच्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?