logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्रीको निर्देशनपछि पीसीआरको शुल्क घट्यो

राजनीति |




काठमाडौं, माघ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई पीसीआर शुल्क घटाउन निर्देशन दिनुभएको थियो । निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै प्रधानमन्त्रीले निर्देशन दिनुभए लगत्तै शुल्क घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजैदेखि लागू हुनेगरी सरकारीमा दुई सय र निजी ल्याबमा पाँच सय रुपैयाँ शुल्क घटाउने निर्णय गरेको हो ।

अब सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ भने परीक्षणमात्रै गर्नेलाई ८ सय रुपियाँ लिइने छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको शुल्क एक हजार रुपियाँ लाग्दै आएको थियो ।

त्यसैगरी निजी अस्पताल तथा ल्याबले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निनीतर्फ पीसीआर परीक्षणको शुल्क २ हजार रुपियाँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?