logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

अन्तर्राष्ट्रिय |




नयाँदिल्ली, माघ १२ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन्

संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मंगलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जबकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?