logo
२०८० चैत्र १५ बिहीवार



दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |




सोल, माघ १३ गते । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको बताइएको छ

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ ।कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ ।

यहाँ पछिल्ला दिनमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको सङ्ख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा सङ्क्रमण देखिने गरेको बताइएको छ ।

यहाँ गएको २४ घण्टामा ३४ जनाको निधन पनि भएको छ । यहाँ अहिलेसम्म यो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६ हजार ६५४ जना पुगेको पनि बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?