बेनी–जोमसोम सडक खण्ड हिलाम्मे, यात्रुको बिजोग
गोरखापत्र अनलाइन
कार्तिक ३, २०७८ बुधबार
लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ ।
बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर, रघुगंगा गाउँपालिका–१ बेगखोला तथा अन्नपुर्ण गाउँपालिकाको दाना क्षेत्रमा सडक हिलाम्य हुँदा सास्ती भएको हो ।