तालको पानी ७० प्रतिशत घट्यो, जोखिम टर्दै (फोटो फिचर)
गोरखापत्र अनलाइन
आश्विन २६, २०७८ मंगलवार
गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरवाट खसेको पहिरोले थुनिएको कर्णाली नदीको तलाउ बिस्तै कम हुदै गएको छ ।
पहिरोले थुनिएको कर्णाली आफ्नै तरिकाले पहिरो माथिबाट वग्न थालेको र एक किलोमिटर तलाउ घट्दै गएर अव ३० प्रतिशत मात्र वाँकी रहेको वाजुरा प्रहरीले जनाएको छ । वाजुराका प्रहरी प्रमुख मदनदीप महाराले सुख्खा पहिरो अहिले पनि झरिरहेको भएपनि नदीले त्यसैलाई वगाएर आफ्नो स्थान कायम राखेकाले जोखिम...