कर्णालीकाे सतह ५० प्रतिशत घट्यो, पहिराेले थुनिएकाे आशंका (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
आश्विन २६, २०७८ मंगलवार
कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली नदीको १५ मिटर सतह कम भएको रखोलाको रुपमा परिणत भएको वताउनुभयो । उहाँले नदी एक्कासी सुकेपछि स्थानीइ त्रसित भएका छन केही भने नदी किनारमा माछा छोप्न भीड लागेको वताउनुभयो ।