घारखोला जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’, ६२ प्रतिशत काम सकियो
गोरखापत्र अनलाइन
आश्विन १४, २०७८ बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको ब्रेक थु्रु भएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ मार्ग बुधवार बाँ तर्फबाट एकहजार चार सय र आउटलेट तर्फबाट १६ सय पाँच मिटर लामो सुरुङको ब्रेक थु्र भएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिनुभयो ।