मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी (फोटो फिचर)
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ ।
लोकमार्ग ठेकेदार कम्पनीले जिरो किलो मिटर उपल्लाचौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज दुई गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको हो । कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सवबेसको काम सकिएको छ ।
उक्त खण्ड यस बर्षको बर्खा सुरु हुनु अघि नै कालोपत्रे गर्ने तयार...