निषेधाज्ञाको मौका छोपेर चिल्लो बनाइँदै पृथ्वी राजमार्ग
गोरखापत्र अनलाइन
जेष्ठ ५, २०७८ बुधबार
कोरोना कहरसँगै पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य द्रुत रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डमा पर्ने ३६ किलोमिटरमध्ये ३१ किलो मिटर मर्मत काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । भौतिक दुरी, मास्क, सेनिटाईजरको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पालना गर्दै मर्मत कार्य जारी राखिएको छ ।
मर्मत गरिएको स्थानमा चिल्ला बन्दा सडक राम्रो देखिएको छ । जेठ महिना सम्ममा निर्माण कार्य पूरा गर्ने...