कोरोनामा पनि रोकिएन सुस्ता जोड्ने झोलुङ्गे पुलकाे काम (फोटो फिचर)
गोरखापत्र अनलाइन
बैशाख २९, २०७८ बुधबार
काेरोना कालमा पनि चलिरहेको छ । नारायणी नदी पारी रहेको सुस्तालाई नेपालसँग जोड्ने नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुंगे पुल निर्माण कार्यले अहिले निरन्तरता पाएको छ । झलुंगे पुलको डिजाईनमा समस्या भए पछि निर्माणको दुई वर्षसम्म अलमलमा परेको पुल निर्माण कार्यले अहिले कोरोना कालमा पनि निरन्तर्ता पाएको निर्माण कम्पनी त्रिशुली आश्रय जेवि कन्सटक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताउनुभयो ।