स्याउको बोटमा ढपक्कै फूल खेल्यो, कृषक उत्साहित (फोटाे फिचर)
गोरखापत्र अनलाइन
बैशाख २४, २०७८ शुक्रबार
स्याउको राजधानीको रुपमा लिइने हिमालपारिको जिल्लला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साही भएका छन् ।
स्याउ लगायतका फलफूलको फूल खेल्ने समयमा अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ । विगतको तुलनामा राम्रोसँग फूल फुलेको हुँदा परागसेचन राम्रो भयो भने उत्पादन पनि उल्लेख्य हुने अपेक्षा गरिएको मार्फाका स्याउ कृषक दीपक लालचनको भनाइ छ ।