गाडीको चाप कम, १५ सय सवारी होल्ड, नागढुङ्गामा जाम छैन
गोरखापत्र अनलाइन
बैशाख १६, २०७८ बिहीबार
काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै गाडीको चाप पनि कम भएको छ । अहिले थानकोट, कलंकीलगायत उपत्यकाको प्रमुख नाकामा सवारीको चाप कम भएको हो । निषेधाज्ञामा अटेर गरी सवारी चालउन उपत्यकाभरि मोटरसाइकल लगायत १५ सयभन्दा बढी गाडी होल्ड रहेको ट्राफिक प्रहरी प्रवक्ता (एसएसपी) श्यामकृष्ण अधिकारीले बताउनुभयो ।