मुस्ताङमा हिमपात, पर्यटक उत्साहित (फोटो फिचर)
गोरखापत्र अनलाइन
बैशाख ९, २०७८ बिहीबार
लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहीबार बिहानैदेखि तल्लो भेकको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ ।
बुधबार दिउँसोदेखि मुस्ताङको अधिकांश क्षेत्रमा पानी परेसँगै हिमपात भएपछि पर्यटकहरु उत्साहत भएका हुन् । खुर्पानीको दाना लागिसकेको भए पनि स्याउ...