दार्चुलाका किशोरीलाई विद्यालयमै आत्मरक्षा तालिम (फोटो फिचर)
गोरखापत्र अनलाइन
चैत्र ३१, २०७७ मंगलवार
हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको तालिमका प्रशिक्षक कल्पना पालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइदैछ ।...