धनकुटामा भीषण आगलागी, छिमेकी जिल्लाबाट दमकल बाेलाइयो
गोरखापत्र अनलाइन
चैत्र २२, २०७७ आईतवार
धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक वनमा भीषण आगलागी भएको छ । शनिबार दिउँसाो २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चुलिबन सामुदायिक वनमा लागेको डढेलोको कारण वन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । डढेलोबाट हालसम्म मानवीय क्षति नभएको तर पशु चौपाया र एउटा गोठ जलेर नष्ट भएको छ ।