हुलाकी सडक स्तरोन्नतिकाे काम तीव्र, स्थानीयमा छायो खुसी
गोरखापत्र अनलाइन
चैत्र ९, २०७७ सोमबार
नेपालकै सबभन्दा पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । जिल्लामा हुलाकी सडक आयोजना अन्तर्गत पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी चार वटा सडकको स्तरोन्नती कार्य भइरहेको छ । यसरी निर्माण भइरहेको सडकले स्थानीयहरु निकै खुसी देखिन्छ ।
तराई मधेशको ‘लाइफ लाइन’ भनिने हुलाकी सडकको पूर्व–पश्चिम अन्तर्गत राजविराजदेखि पश्चिम बलानसम्म २६ र कञ्चनपुरदेखि राजविराजसम्म...