पहरोमा साहसिक पर्यटन (फोटो फिचर)
गोरखापत्र अनलाइन
चैत्र ८, २०७७ आईतवार
तनहुँको वन्दिपुर गाउँपालिका– ४ विमलनगर स्थित चुन पहरो साहसिक पर्यटकको रोजाईमा पर्न सफल भएको छ । पहरोमा यतिबेला शाहसिक खेल ‘चट्टान आरोहण (रक क्लाइम्विङ) गर्नेहरुको भीड लाग्न थालेको छ । बाँदर पनि लड्ने पहरो काम लाग्दैन, सडक खन्न पनि अप्ठ्रो भयो भन्नेर नाक खुम्चाउने विमलनगरवासी पहरोले आम्दानी दिन थाले पछि दङ्ग परेका छन् ।
पर्यटकले भरिएपछि स्थानीय व्यवसायीहरुको व्यापार फष्टाउँदै गएको छ । व्यापार बढेपछि पहरोको महत्व...